आगलागीमा घर गोठ नष्ट

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन ।
आगलागीमा दुई घरगोठसहित पसल, ४५ हजार नगद, दुई तोला सुन, चौपाया, खाद्यान्न जलेर नष्ट भएको ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।
उनका अनुसार लागलागीबाट २५ लाख बराबरको क्षति भएको छ । राति खाना खाएर चुलोमा पानी बसालेर छिमेकीको घरमा गएको बेला अचनाक आगलागी भएको घर्तीको भनाइ छ ।
आगो घर गोठ सबै जलेर नष्ट भएपछि आफैँ नियन्त्रणमा आएको उनले बताए । अग्निपीडित अहिले आफन्तकोमा आश्रय लिएको घर्तीको भनाइ छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया