अत्यधिक बिजुली कटौतीलाई घटाउन यमनमा सौर्य परियोजना सुरू
विद्युत् कटौती कम गर्न यमनले नयाँ सौर्य परियोजना स्थापना गर्ने भएको छ ।
यहाँको दक्षिणी बन्दरगाह शहर एडेनमा संयुक्त अरब इमिरेट्स (युएई) को सहयोगमा उक्त १२० मेगावाट क्षमताको परियोजना स्थापना गरिने यमनको विद्युत् मन्त्रालयले जनाएको हो । यसका लागि यमनले संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीस्थित नवीकरणीय ऊर्जा कम्पनी मस्दारसँग एडेनको सोलार पार्क निर्माण गर्न संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
यस सम्झौताअन्तर्गत, मस्दारले सौर्य पार्कको ऊर्जा शहरको छिमेकमा वितरण गर्न प्रसारण लाइन र रूपान्तरण स्टेशनहरू पनि निर्माण गर्नेछ ।
एजेन्सीका अनुसार हस्ताक्षर समारोहमा एडेनका गभर्नर एडेन अहमद लामलासले नयाँ सौर्य फार्मले दिनको समयमा बिजुली उत्पादनको लागतलाई धेरै हदसम्म कम गर्नेछ र कार्बन डाइअक्साइड उत्सर्जन कम गर्न पनि योगदान हुनेछ ।
यमनका जनताका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न क्षेत्रमा गरेको सहयोगको एडेनका गभर्नरले उच्च प्रशंसा गरे ।
द्वन्द्वग्रस्त देशको ध्वस्त पूर्वाधारको पुनस्र्थापनामा संयुक्त अरब इमिरेट्सको महत्वपूर्ण सहभागिता पनि समावेश छ ।
बितेका महिनाहरूमा, संयुक्त अरब इमिरेट्स रेड क्रिसेन्टले अरब विश्वको सबैभन्दा गरिब देश यमनका विभिन्न युद्धग्रस्त क्षेत्रहरूमा स्वास्थ्य परियोजनाहरू स्थापना गर्न आफ्नो मानवीय कार्यहरू विस्तार गरेको छ ।
सन् २०१४ मा गृहयुद्ध सुरु भएपछि हुथी विद्रोहीले देशको अधिकांश भूभाग कब्जा गरेको र राजधानी सानासहित सबै उत्तरी प्रान्तकब्जा गरेपछि साउदी समर्थित यमन सरकारले सन् २०१५ देखि एडेनबाट सत्ता चलाइरहेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया