बाँके भूकम्पको जोखिममा
बाँके । बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ । चार सय ८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउछन् ।
अध्ययनअनुसार रुकुम क्षेत्रमा सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका दुई सय १८ घर पूर्णरुपमा क्षति हुने आँकलन गरिएको छ ।
पश्चिमको कुनै पनि क्षेत्रमा आठ दशमलव छ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका तीन हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउछन् ।
उमपहानगरपालिकामा मात्रै ११ हजार आठ सय बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ । यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन् ।
भूकम्पको जोखिम न्युनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उनी बताउछन् ।
जोखिम हटाउन उपमहानगरपालिकामा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ । यसअघि विभिन्न आठ क्लष्टर बनएर छलफल गरिएको मस्यौदालाई टुङ्गोमा पु-याउने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीको भनाइ छ ।
नेपाल रेडकस सोसाइटी, नेपालगञ्ज शाखाका सभापति गोबद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिन्छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको उनी बताउछन् ।
यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका सङ्काटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया