NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बालकोटमा बढ्यो चहलपहल, के पाक्दैछ खिचडी ?

काठमाडाैं । सत्ता गठबन्धन दलहरूबीच सहमति नभएपछि एमाले अध्यक्ष ओली निवास बालकोटमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहमति नजुटेपछि प्रचण्डसहितका शीर्ष नेताहरू ओली निवास हानिएका छन् । राष्ट्रपतिले दिएको बेलुका ५ बजेसम्मको समय सकिन केही घन्टा मात्रै बाँकी रहँदा दलका र्शीष नेताहरुको चहलपहल बढेको हो ।

ओली निवासमा अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, जसपा संघीय परिषदका अध्यक्ष अशोक राई लगायत शीर्ष नेताहरू सहभागी छन् । केहीसमय अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ओलीसँग छलफल गरेका थिए । करिब एकघण्टा बैठकमा बसेका उनी अहिल बाहिरिएका छन् । सत्ता सहकार्यको विषयमा एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताहरूको बैठक जारी छ ।

सत्तारुढ गठबन्धनको बैठकबाटमा प्रधानमन्त्री पदको दाबी नेपाली कांग्रेसले नछोडेपछि प्रचण्ड बालुवाटारकाे बैठकबाट बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका प्रचण्ड खुमलटार पुगेका थिए । खुमलटारमा केहीबेर आराम गरेर प्रचण्ड पुन बालकोट नै प्रचण्ड फर्किएका छन् ।

एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २० र जसपासँग १२ सिट रहेको छ । २७५ सदस्यी प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । चार दलबीच सहमति भएको खण्डमा १४२ सिट पुग्नेछ ।