देउवाले आजै बालुवाटार छाड्ने
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
एमालेलगायत दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै देउवाले सरकारी निवास छाड्ने तयारी गरेका हुन् ।
बालुवाटार स्रोतले जनाएअनुसार, प्रचण्डले पद तथा गोपनीयताको शपथ गर्नुअघि नै सरकारी निवास छाडेर निजी निवास जाने तयारी गरेका छन् । देउवाको निजी निवास बूढानीलकण्ठमा छ ।
एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले आज अपराह्न चार बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । आजै उनले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने पनि बताइएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया