‘म हारेर होइन, अपमानित भएर आएको हुँ’ : महामन्त्री थापा
काठमाडौं। कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको प्रतिक्रिया दिएका छन् । आइतबार बसेको पार्टीको पदाधीकारी बैठक तथा सत्ता गठबन्धनको बैठकमा सहभागी नभइ पोखरा पुगेका थापाले सभापतिको फोनको प्रतिक्षा गर्दासमेत उनले नबोलाएको गुनासो पोखे ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा ‘राजनीति समाजको ऐना’ बहस कार्यक्रममा उनले भने, ‘म एकप्रकारले भन्ने हो भने अपमानित भएर आएको हुँ । म पार्टीको महामन्त्री र सांसद पनि हुँ । पार्टी सभापतिको फोन कतिबेला आउँछ भनेर प्रतिक्षा गरेर बसें । तर एक कल फोन पनि आएन । बिहान सभापतिको घरमा पदाधीकारी बैठक राखिएको थियो । नबोलाई जान कुरा आएन । महामन्त्रीको हैसियतले गठबन्धनको बैठकमा पनि जानुपर्ने हो । प्रधानमन्त्री ज्यूले बोलाउनु नै भएन ।’
पार्टी तथा गठबन्धनको महत्वपूर्ण बैठकमा सभापतिले दुई जना महामन्त्रीलाई निषेध गरेको भन्दै नेता तथा कार्यकर्ता देउवासँग असन्तुष्ट भएका छन् । कांग्रेसका पूर्वसहमामन्त्री तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले देउवाकै दम्भ र एकलौटीका कारण कांग्रेसको हातबाट सत्ता फुत्किएको आरोप लगाएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया