आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

काठमाडौं । बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ ।
राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रवर्द्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ ।
रमणीय शहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो ।
दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्सअन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा ‘टिमुरदेखि ऐलासम्म’ शिर्षकमा सेसन पनि चलाइएको थियो । उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया