३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस
काठमाडौं । इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि सिफारिस गरेको छ ।
सुन व्यापारीसँग घुस रकम लिएको ओरोप लागेका केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको हो ।
उनले बुटवल उपमहानगरपालिका अन्तर्गतको हाटबजारबाट किसन बि.कको सुन लिएर गएको र उक्त सुन फिर्ता गर्न रकम माग गरेको आरोप छ । बि.कबाट आठ लाख ५० हजार रूपैयाँ नगद र ९ लाख ५० हजार रूपैयाँको चेक गरी १८ लाख रूपैयाँ र ३५ तोला सुन लिएका केसीलाई आइतबार राती केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।
केसीले आफू सरूवा भइ बुटवलबाट जान लागेको मौकामा उक्त रकम लिइ गैरकानुनी काम गरेको प्रहरी प्रधान कार्यालयको ठहर छ । उनी जिल्ला प्रहरी कास्कीमा सरूवा भएर जाने तयारीमा थिए । केसीलाई प्रहरी नियमावली अनुसार निलम्बनका लागि मन्त्रालयमा पत्राचार भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया