प्रधानमन्त्री कार्यालयको रणनीतिक योजना निर्माण गर्ने जिम्मा ‘थिंक ट्यांक’लाई
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, कार्यालयको रणनीतिक योजना निर्माणको जिम्मेवारी नीति अनुसन्धान प्रतिष्ठान (थिंक ट्यांक) लाई दिएको छ ।
प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेलगत्तै पुष्पकमल दाहाल (प्रचण्ड) ले सुधारको सुरूवात आफैंभित्रबाट गर्ने घोषणा गरेका थिए । यहीबीच सिंहदरबारभित्र सर्वाधिक आलोचना र प्रश्नको घेरामा पर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक योजना निर्माणको जिम्मा सरकारी थिंक ट्यांकले पाएको हो ।
प्रधानमन्त्री आफैंले निर्णय गरेर प्रतिष्ठानलाई अध्ययनको जिम्मा दिएको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रतिष्ठानलाई प्रधानमन्त्रीले यस्तो जिम्मेवारी दिएको यो पहिलो पटक हो ।
‘यो निकै सकारात्मक कदम हो । यसअघि मन्त्रिस्तरीय निर्णय गरेर हामीलाई जिम्मेवारी दिइन्थ्यो,’ उनले भने, ‘यस पटक प्रधानमन्त्री आफैंले निर्णय गरेर, त्यो पनि आफ्नै कार्यालय सुधारको रणनीतिक योजना बनाउने जिम्मा दिनुभएको छ ।’
उनका अनुसार प्रधानमन्त्रीले दुई महिनाभित्र योजनाको प्रतिवेदन बुझाउन भनेका छन् । छोटो समयभित्र उक्त योजना पेश गर्नुपर्ने जिम्मेवारीलाई प्रतिष्ठानले गम्भीरतापूर्वक पूरा गर्ने उनले बताए ।
प्रतिष्ठानले तथ्यगत अध्ययन र अनुसन्धानका आधारमा सरकारलाई नीतिगत सुझाव दिने गर्छ ।
उमेश मैनालीसँग संवाद : प्रधानमन्त्री कार्यालय कस्तो हुनुपर्छ ?
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया