नाइजेरियामा दुर्घटना : २१ जनाको मृत्यु
एजेन्सी । नाइजेरियामा सोमबार र मङ्गलबार भएका दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
सोमबार र मङ्गलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ ।
त्यसैगरी मङ्गलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको थियो । नाइजेरियामा सडकको खराब अवस्थाका साथै सवारी हाँक्ने चालकहरुले निकै लापरवाही रुपमा सवारी हाँक्ने भएकाले पनि सडक दुर्घटनाहरु भइरहने बताइन्छ ।
नाइजेरियामा वर्षेनी सयौँ मानिसको सडक दुर्घटनामा परेर ज्यान जाने गरेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया