NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

राहदानी विभागमा गृहमन्त्री रविको छड्के

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनका लागि पुगेका छन् ।

बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । प्रचण्ड प्रधानमन्त्री भएलगतै पदभार ग्रहण गरेपछि नागरिकको अत्याधिक चाप रहेको राहदानी र लाइसेन्स लिन लामो लाइन अन्य गर्ने घोषणा गरेका थिए ।

रवि गृहमन्त्री नियुक्त भएलगतै प्रधानमन्त्रीको घोषणालाई सघाउ पुग्ने गरी रविले पहिलो पटक राहदानी विभागमा छड्के अनुगमन गरेका हुन । र उनले पनि यो विषयमा आफू कडा रुपमा प्रस्तुत हुने घाषणा गरेका थिए ।

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।