नेपालमा नेतृत्वसँग सम्बद्ध समस्या र समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले नेपालमा नेतृत्वसँग सम्बद्ध समस्या र त्यसका समाधानबारे प्रश्नको निराकरण गर्नुभएको छ ।
नेतृत्वको परिचय दिँदै नेपालमा नेतृत्व सम्बद्ध समस्या केलाउँदै समाधानका सुझाव दिनुहोस् (२+४+४)
Action of leading a group or organization
कुनै पनि व्यक्तिको अगुवाई वा मार्गदर्शन गर्ने गुणलाई नै नेतृत्व भनिन्छ । नेतृत्व सामुहिक लक्ष्य प्राप्तिको लागि अनुयायीलाई प्रभावित गर्न सक्ने क्षमता हो । नेतृत्व पद हैन कार्य हो । नेतृत्वले समुहका सदस्यहरुलाई उत्प्रेरणा प्रदान गर्ने सुविधा दिने समस्या समाधानमा सहयोग गर्ने मार्गदर्शन प्रदान गर्ने सुरक्षा प्रदान गर्ने परामर्शदाता आदि जस्ता कामहरु गर्नु पर्दछ । सबै नेताहरू व्यवस्थापक हुनु पर्दैन तर सबै व्यवस्थापकहरू नेता हुनुपर्दछ । अत संगठनमा नेतृत्वले संगठनको लक्ष्यतर्फ दिशानिर्देश गर्ने काम गर्दछ ।
नेपालमा नेतृत्वका सम्बन्धमा देखिएका समस्याहरू
- नेतृत्वका सम्बन्धमा नीतिगत र कानूनी स्पष्टताको कमी रहनु
- नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट हुन नसक्नु
- प्रभावशाली तथा दुरदर्शी नेतृत्वको कमी रहनु
- नेतृत्व विकासका लागि अवसरहरुको कमी हुनु
- नेतृत्वले घुमाउरो र कैफियतपूर्ण निर्णय लिनु
- नेतृत्वले तदर्थ समाधान खोन्ने प्रवृति कायम हुनु
- नेतृत्व आफ्ना अनुयायीप्रति उदासिन देखिनु
- नेतृत्वले Self-manage गर्न नसक्नु
- Self-centric व्यवहार नेतृत्वमा बढी देखिनु
- नेतृत्वले कामको Cause र Consequences थाहा पाउन नसक्ने
- Participative निर्णय प्रकृया अवलम्बन गर्न नसक्दा द्धन्द्धको सृजना हुनु
दक्ष र सक्षम नेतृत्वको चयन हुन नसक्दा संगठनिक लक्ष्य प्राप्त नहुनु
समस्या समाधानका सुझावहरू
- नेतृत्वका सम्बन्धमा नीतिगत र कानूनी स्पष्टता कायम गर्ने
- नेतृत्वले गर्नु पर्ने कार्यविवरण स्पष्ट बनाउने र प्रभावशाली तथा दूरदर्शी नेतृत्वको विकासमा जोड दिने
- नेतृत्व विकासका लागि अवसरहरुलाई बढाउँदै र विकेन्द्रीत बनाउँदै लैजाने
- नेतृत्वले People र Job दुवैलाई महत्व दिने र रचनात्मक कार्य तर्फ अग्रसर हुने
- नेतृत्व आफ्ना अनुयायीप्रति सधै सकारात्मक हुने
- Self-manage हुने र गर्न सक्ने वानी विकास गर्ने र रSelf-centric व्यवहार प्रदर्शन नगर्ने
- Leader र Subordinate बीचको मनोबैज्ञानिक Gap कम गर्ने
- नेतृत्वले कामको Cause र Consequences थाहा पाउने
- Participative निर्णय प्रकृया अवलम्बन गरि द्धन्द्धको सृजना हुन नदिने
- नेतृत्व विकासका लागि Leadership Assessment Centre को स्थापना गर्ने
- Performance agreement लागू गर्ने र कार्यक्षमता भएका व्यक्तिलाई मात्र नेतृत्वको रूपमा चयन गर्ने
- नेतृत्वले प्रभावकारी Monitoring र Evaluation गर्ने
- दक्ष र सक्षम नेतृत्वको चयन गरी संगठनिक लक्ष्य प्राप्त गर्ने
अन्त्यमा
नेतृत्वले सांगठनिक लक्ष्य हासिल गर्न अनुयायीहरूलाई उचित मार्गदर्शन गर्दै कार्यमा उत्प्रेरणा प्रदान गर्दछ । संगठनको प्रभावकारीता नै नेतृत्वको दुरदर्शितामा निर्भर रहने हुँदा नेतृत्वको सही मूल्यांकन र विकास गर्नु आजको अवश्यकता हो।
लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया