प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते विश्वासको मत लिने भएका छन् ।
पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भईसकेको छ भने उनले पुस २९ गते विश्वासको मत लिने प्रस्ताव संसदमा राख्ने तयारी गरेका छन् ।
सरकार बनेको ३० दिन भिनत्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानीक प्रावधान छ ।
विश्वासको मत लिएपछि मात्रै बाँकी रहेको नयाँ मन्त्रीमण्डल विस्तार र सभामुख चयनको काम सुरु गरिने छ ।
सरकारलाई धेरै राजनीतिक दलले समर्थन गरेको भएपनि राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जसपा सरकारमा सामेल भएका छैनन् । जस कारण पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत छिटो लिनु पर्ने दबाब छ ।
विश्वासको मत लिनु भन्दा अगाडी सरकारमा भागवण्डाका पहिला गर्दा गठबन्धनका दलहरुमा विवाद आउन सक्ने भएकाले पनि प्रचण्डले विश्वासको मत लिन हतार गरेको आशंका गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया