बाग्मती किनाराका अनाधिकृत संरचना हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयलाई थापाथलीस्थित बाग्मती नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउनका लागि आवश्यक निर्देशन तथा समन्वय गर्न आग्रह गरेको छ ।
महानगरले बुधबार एक पत्र जारी गर्दै समन्वयका लागि अनुरोध गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनु पर्ने देखिएको पत्रमा उल्लेख गरेका छन् ।
‘थापाथलीस्थित बाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक पटक प्रयास भएको व्यहोरा विदितै छ । महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । जसका लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’ जारी पत्रमा लेखिएको छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया