प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

काठमडाैं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ ।
निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए । प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए ।
कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ । आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले बताए ।
दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया