गुजरातमा बस र कार ठोक्किए, ९ जनाको मृत्यु

काठमाडौं । गुजरातको नवसारी जिल्लामा शनिबार बिहान बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू धेरै घाइते भएको र उनीहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।
नवसारीको अहमदाबाद–मुम्बई राजमार्गमा आपसमा ठोक्किएर यो दुर्घटना भएको हो।
नवसारी, डेपुटी एसपी वीएन पटेलले समाचार एजेन्सी एएनआईलाई अहमदाबाद–मुम्बई राजमार्गमा बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन्। उनका अनुसार, घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
गृहमन्त्री अमित शाहले एक ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया