मिटरब्याजपीडितले न्याय पाएनन्, आन्दोलन घोषणा
काठमाडौं । लामो समयदेखि संघर्षरत मिटरब्याजपीडितले आन्दोलन घोषणा गरेका छन् । आफ्ना समस्या राज्यले सम्बोधन नगरिदिएपछि सिराहाका मिटरब्याजपीडित नागरिकले आन्दोलन घोषणा गरेका हुन् ।
सरकारले आफूहरूको मागमा उदासीनता देखाएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको मधेश प्रदेश मिटर ब्याज घटना संघर्ष समितिले जनाएको छ ।
आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्याली प्रदर्शन गरिनेछ । बाँकी कार्यक्रम भने त्यसपछि तय गर्ने समितिको तयारी छ ।
तराई क्षेत्रका नागरिक मिटरब्याजबाट पीडित हुँदै आएका छन् । यसलाई सम्बोधन गर्न सरकारले कार्यदल गठन गरे पनि पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया