NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, चार अर्ब चार कराेडकाे काराेबार 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अंकले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अंकले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने सेयर मूल्यमा वृद्धि भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल कम्पनीमध्ये एक सय २१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ८७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा चार कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० मूल्यमा खरिद बिक्री भए ।

साताको पहिलो दिनको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार दुई सय ३२ बराबर रहेको छ । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ बराबरको कारोबार भयो । नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८८ लाख एक हजार तीन सय २१, हिमालयन डिस्टिलरी १५ करोड ८० लाख ३१ हजार चार सय ५७, एनआइसी एशिया बैंक १० करोड तीन लाख ८३ हजार तीन सय ८७ र नेपाल लाइफ इन्स्योरेन्स नौ करोड २९ लाख ४८ हजार सात सय २५ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै अजोड इन्स्योरेन्स नौ दशमलव ९८ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ५७, नेपाल बैंकको ऋणपत्र तीन दशमलब ९२, एनआरएन इन्फ्रास्टकचर एण्ड डेभलपमेन्ट लिमिटेड तीन दशमलब ८४, मिथिला लघुवित्त तीन दशमलव ६९ र रिभर फल्स पावरका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।