जाडोमा लाभदायिक बेसार, यस्ता छन् फाइदा
काठमाडौं । जाडोमा काँचो बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा औषधीय गुणहरू हुन्छन, जसले धेरै रोगहरूसँग लड्न मद्दत गर्छ ।
बेसारले रगत शुद्ध गर्नेदेखि रुघाखोकीका समस्या सम्मका लागि फाइदा गर्छ । त्यस्तै, छालाको रोग, तथा हाडजोर्नीदुखाइमा पनि यसको प्रयोग लाभदायिक छ । बेसारमा भिटामिन सी र के बाहेक पोटासियम, प्रोटिन, कपर, जिंक, फस्फोरस जस्ता आवश्यक खनिजहरू प्रशस्त मात्रामा पाइन्छ।
चिसो मौसमा संक्रमणजन्य रोगले धेरैलाई सताउँछ । घाँटी दुख्ने, खोकी तथा लाग्ने जस्ता समस्याबाट बच्न पनि बेसार अचुक औषधी हो । काँचो बेसारलाई दुधमा उमालेर हरेक बिहान बेलुकी पिउने गर्दा यसले आराम महसुस गराउँछ । जाडोमा कम पानी पिउँदा पाचनसम्बन्धी समस्या हुन्छ ।
बेसारमा पाइने एन्टी-इन्फ्लेमेटरी, एन्टी-अक्सिडेन्ट गुणले पेट र पाचनसम्बन्धी समस्याबाट पनि छुटकारा दिन्छ । बेसारमा कागती मिसाएर खाने गर्नाले पखाला, अपच र पेट ढुस्स हुने जस्ता समस्याबाट समेत राहल दिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया