कांग्रेसले दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसाे ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सत्ताबाट बाहिरिएको १० दिनपछि उसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । सत्ता सहयात्री दल माओवादी केन्द्रले एमालेसँग सहकार्य गरी सरकार बनाएपछि कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाट बाहिरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको दम्भ, पदलोलुपता तथा अदुरदर्शीताका कारण कांग्रेसले सत्ता गुमाउनु परेको भन्दै नेताहरू असन्तुष्ट छन् ।
चुनावी परिणाम, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा समीक्षा गर्न देउवाले पुस २२ मा कार्यसमिति बैठक बोलाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल भएको थियो ।
निर्वाचनअघि माओवादीसहित पाँच दलसँग गठबन्धन गरेको कांग्रेसले निर्वाचनपछि गठबन्धन जोगाउन सकेन ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया