कांग्रेसले दिउँसो पत्रकार सम्मेलन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसाे ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सत्ताबाट बाहिरिएको १० दिनपछि उसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । सत्ता सहयात्री दल माओवादी केन्द्रले एमालेसँग सहकार्य गरी सरकार बनाएपछि कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाट बाहिरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको दम्भ, पदलोलुपता तथा अदुरदर्शीताका कारण कांग्रेसले सत्ता गुमाउनु परेको भन्दै नेताहरू असन्तुष्ट छन् ।
चुनावी परिणाम, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा समीक्षा गर्न देउवाले पुस २२ मा कार्यसमिति बैठक बोलाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल भएको थियो ।
निर्वाचनअघि माओवादीसहित पाँच दलसँग गठबन्धन गरेको कांग्रेसले निर्वाचनपछि गठबन्धन जोगाउन सकेन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया