कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न प्रतिवेदन पेश
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेश गरेका छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो ।
केन्द्रीय परिचालन समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा आज बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेश गरेका हुन् ।
उक्त प्रतिवेदनहरुलाई आगामी बस्ने केन्द्रीय कार्यसमितिमा समितिका प्रस्तुत गरिने पार्टी कार्र्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ्ग लामा, आनन्दप्रसाद ढुङ्गाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईं, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैंजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमितिका सहसंयोजक डा कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
मगरलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पाका प्रतिनिधिसभा सदस्य एवम् माओवादी नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया