गृहमन्त्री लामिछानेको पद कायम रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद कायमै रहने भएको छ । यो आदेशसँगै उनीविरूद्धको मुद्दा अदालतमा विचाराधीन रहने भएको छ । तत्कालका लागि भने उनको पद यथावतै रहने भएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईशवरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संर्वधानिक इजलासले यो मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।
लामिछाने नेपाली नागरिक नरहेको भन्दै रिट निवेदक रविराज बसौलाले अन्तरिम आदेशको माग गरेका थिए । उनले बहसका क्रममा गृहमन्त्री लामिछाने नेपाली नागरिक नरहेकाले उपप्रधान तथा गृहमन्त्रीको पदमा रहिरहन नहुने तर्क गरेका थिए ।
आफैं उक्त पदमा आश्रित रहेर मन्त्रालय मातहतकै जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको काम प्रभावित हुने उनले बताएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया