घटेपछि कति पुग्यो डिजेल, पेट्रोलको भाउ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो ।
निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर रु तीन र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु २० घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ७० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ र हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर रु एक सय ९० र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय कायम छ ।
प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया