प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसमा विवाद, कार्यसम्पादन समिति बैठक बोलाइयो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मंगलबार बिहान सभापति देउवा निवास धुमबाराहीमा बसेको पदाधिकारी बैठकमा नेताहरूबीच विवाद भएपछि कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
बैठकमा संस्थापन पक्षका नेताहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने तर्क गरेका थिए । कोइराला पक्षका नेताहरूले विश्वासको विपक्षमा मत दिनुपर्ने भनाइ राखेका थिए ।
साेही विषयमा विवाद भएपछि बिहान ११ : ३० बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । कार्यसम्पादन बैठक सकिए लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८९ सिट जितेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया