प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसमा विवाद, कार्यसम्पादन समिति बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मंगलबार बिहान सभापति देउवा निवास धुमबाराहीमा बसेको पदाधिकारी बैठकमा नेताहरूबीच विवाद भएपछि कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।
बैठकमा संस्थापन पक्षका नेताहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने तर्क गरेका थिए । कोइराला पक्षका नेताहरूले विश्वासको विपक्षमा मत दिनुपर्ने भनाइ राखेका थिए ।
साेही विषयमा विवाद भएपछि बिहान ११ : ३० बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । कार्यसम्पादन बैठक सकिए लगत्तै कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदमा सबैभन्दा ठूलो दल रहेको कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८९ सिट जितेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया