लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
लोसपाका सांसद शरत्सिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिएका छन् । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो ।
लोसपाको प्रतिनिधिसभामा चार सांसद छन् । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया