प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, महामन्त्रीले राखे असहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा बैठक बस्नुअघि मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।
उनकाअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । तर पार्टीको निर्णयप्रति महामन्त्री द्ववय गगन थापा, विश्वप्रकाश शर्मासहित चार जनाले असहमति जनाएका छन् ।
असहमति जनाउनेमा अर्जुननरसिंह केसी र बलबहादुर केसी रहेका छन् । यसअघि बिहान देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा विवाद भएपछि कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
निर्णय लिन तत्काल कार्यसमिति बैठक बस्न असम्भव भएकाले केन्द्रीय समितिबाट पछि पारित गर्ने गरी निर्णय लिएको ती नेताले बताए । कांग्रेसको निर्णयले प्रचण्ड भारी मतले प्रधानमन्त्रीमा निर्वाचित हुने भएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया