पृथ्वी जयन्तीको अवसरमा प्रचण्डसहितका सांसदलाई लिङ्देनको चुले निम्तो !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्री प्रचण्डसहित संसदका सबै सदस्यलाई चियापानको चुले निम्तो दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने क्रममा उनले संसदको रोष्टमबाटै भोलि पृथ्वीजयन्तीको अवसरमा काठमाडौंस्थित भृकुटीमण्डपमा चियापानको चुले निम्तो दिएका हुन् ।
उनले पृथ्वी जयन्तीमा दिइनुपर्ने सार्वजनिक विदाको वकालत गर्दै राष्ट्र निर्मातालाई सम्मान गर्न कसैले हिनताबोध गर्नुनपर्ने बताए ।
‘पृथ्वीनारायण शाह भएकै कारण नेपाल राष्ट्र रहेको हो । नेपाल भन्ने राष्ट्र रहेकै कारण पुष्पकमल दाहाल यहाँको प्रधानमन्त्री हुनुभएको हो,’ उनले भने ‘नाम र पहिचान दिने राष्ट्र निर्मातालाई सम्मान गर्न कसैले पनि हिनताबोध गर्नुपर्दैन । गौरवशाली पृथ्वी जयन्त्री, राष्ट्रिय एकता दिवस कुनै पार्टीकोमात्रै दिवस होइन ।’
०६३ सालको आन्दोलनपछि सो अवसरमा दिइँदै आएको सार्वजनिक विदा कटौती भएको थियो । ०७४ मा तत्कालिन रापप्रा अध्यक्ष कमल थापाले उक्त विदा पुनः लागू गर्न प्रस्ताव लिएर जाँदा पनि सरकारले स्वीकार गरेको थिएन । यसपटक प्रचण्ड सरकारलाई समर्थन गरेको राप्रपाको दबाबमा खारेज भएको उक्त सार्वजनिक बिदा पुनः लागू भएको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया