NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

मन्त्री बन्न लागेका छोरा र अस्पतालमा छट्पटाइरहेका बुवाबीचको भावुक संवाद

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदन किराँतीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ । भोजपुरबाट निर्वाचित सांसद् किराँतीलाई माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयको जिम्मेवारी दिन लागेको हो ।

१० वर्षे सशस्त्र संघर्षमा प्रत्यक्ष सहभागी बनेका किराँती मूल्य र निष्ठाको राजनीति गर्ने सरल नेताका रूपमा चिनिन्छन् । किराँती यस पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरबाट विजयी भएका थिए । एक पटक संविधानसभा सदस्य र दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि उनले अहिलेसम्म मन्त्रीको जिम्मेवारी भने पाएका थिएनन् ।

किराँतीले अस्पतालमा उपचाररत बुवासँगको भावुक संवाद सार्वजनिक गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि किराँतीका बुवा केही समयदेखि अस्पतालमा उपचाररत छन् । किराँतीले आफ्ना पोस्ट्मा स्थानबारे भने खुलाएका छैनन् ।

किराँतीका अनुसार संवादमा उनले बुवालाई आफू मन्त्री बन्न लागेको जानकारी गराएका थिए । त्यसक्रममा बुवा आश्चर्य मानेर भावुक बनेको किराँतीले उल्लेख गरेका छन् ।  ‘डाँडाको जुन घामजस्तै बुवासँगको संवाद शीर्षकको किराँतीको पोस्टमा धेरैले सहानुभूतिका शब्द खर्चिरहेका छन् ।

किराँती र उनका बाबुबीचको संवाद यस्तो छ

000

डाँडाको जुन घाम जस्तै बुवासंग कुराकानी !

मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।
बुवा- राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो … ।
बुवा- हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए … ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म … !
संम्झे !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

ताजा अपडेट

नेपालवाच विशेष