गृहमन्त्री रविलाई दीपशिखाको प्रश्न : आफ्नै नागरिकता छानविन भइरहँदा गृहमन्त्री बन्न लाज लाग्दैन ?
काठमाडौं । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कडा टिप्पणी गरेका छन् ।
रविमाथि नागरिकता र राहदानी सम्बन्धमा राज्यबाट छानविन भईरहँदा गृहमन्त्री भएको, मेनपावर व्यवसायीलाई श्रममन्त्री बनाएको भन्दै उनले आक्रोस पोखेका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपा प्रचण्ड नेतृत्वको सरकारमा उनी उप्रधानमन्त्री तथा गृहमन्त्री भएका छन् । श्रम तथा रोजगारमन्त्रीमा डोलप्रसाद अर्याल नियुक्त भएका छन् । रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई बनाएका छन् ।
विवरण ढाँटेर निर्वाचन आयोगमा दल दर्ता गरेको तथा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको आरोप लगाउँदै कानुन व्यवसायीले रविमाथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
उनीमाथि परेको मुद्दामा गृहप्रशासनले छानविन गरिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्न रविले गृहमन्त्रालय लिएको आरोप छ । यसैगरी दीपशिखाले ठेकेदार विक्रम पाण्डेलाई मन्त्री बनाएको भन्दै असन्तुष्ट पोखेका छन् ।
सिक्टा सिँचाई आयोजनामा करोडौं भ्रष्टाचार गरेको आरोप खेपेका पाण्डे प्रचण्ड सरकारमा सहरी विकासमन्त्री छन् । ‘नयाँ गर्छु भन्ने दल, आफ्नै नागरिकता छानविन भईरहँदा गृहमन्त्री, मेनपावर व्यावसयीलाई श्रममन्त्री, ठेकेदारलाई शहरी विकास मन्त्रालय लाज मान्नुपर्दैन ?’, उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया