सन्दुक रुइतलाई राष्ट्रपति बनाउन दललाई हरिवंश आचार्यको सुझाव
काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई देशको भावी राष्ट्रपति बनाउन सुझाव दिएका छन् । दलहरूले उदारताका साथ सोचेर यस्तो निर्णय लिएको अवस्थामा देशकै प्रतिष्ठा बढ्ने उनको ठम्याइ छ ।
डा. रुइतले झण्डै १० करोड रूपैयाँबराबरको प्रतिष्ठित इसा अवार्ड २०२३ प्राप्त गरेकोबारे एक छोटो टिप्पणी लेख्दै उनले दलहरूलाई यस्तो सुझाव दिएका हुन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापित यो अवार्ड विभिन्न क्षेत्रमा योगदान दिने विश्वका व्यक्तिहरूलाई प्रदान गरिन्छ । यस वर्ष यो पुरस्कारका लागि विश्वका १३९ व्यक्ति तथा संस्था मनोनयनमा परेकोमा रुइत छनोट भएका हुन् । उनलाई आगामी फेब्रुअरीमा यो अवार्ड प्रदान गरिने कार्यक्रम छ ।
‘मनमा कुरा घुमी रहन्छ, यो देशको अबको राष्ट्रपति नेत्र विषेशज्ञ डा. सन्दुक रुइतलाई बनाउन बनाउन पाए नेपालको नै प्रतिष्ठा बड्ला,’ उनले फेसबुकमा लेखेका छन् ।
नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरूको आँखामा उज्यालो छर्न सफल डा. रुइतको योगदानको मूल्यांकन गर्दै बहराइन सरकारले सम्मान गर्न लागेको समाचारले आफू हर्षित बनेको आचार्यले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया