मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिने भएको छ ।
प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।
‘हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ’, यादवले भने, ‘प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं ।’
उनले कांग्रेसले कहिल्यै पनि सत्तामा जान हतार नगर्ने बताए । अहिले बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि छलफल भइरहेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया