कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित

कर्णाली । कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित भएकी छन् ।
सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचाैं बैठकको कारबाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गरेका थिए । प्रदेशसभामा रहेका ४० सदस्यमध्ये बैठकमा ३८ सदस्य उपस्थित रहेका र न्यौपानेलाई २४ मत प्राप्त भएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका उपसभामुखका उम्मेदवार इन्द्राकुमारी शाहीको पक्षमा १४ मत परेको थियो । प्रदेशसभाका स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही भने तटस्थ रहे ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य न्यौपाने कालीकोटबाट सो पार्टीको समानुपातिकमा निर्वाचित भएका हुन् । प्रदेशसभाको अर्को बैठक यही माघ ६ गते दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया