NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सत्तागठबन्धबाट उपसभामुखमा रास्वपाकी इन्दिराले उम्मेदवारी दिने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदमा सांसद इन्दिरा राना मगरलाई उठाएको छ ।

उपसभामुख उम्मेदवार हुन लागेकी इन्दिरा झापाकी हुन्। सभामुखमा नेकपा एमालेका देवराज घिमिरे बिहीबार १६७ मत ल्याएर निर्वाचित भइसकेका छन् । सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो।

यसअघि सोविता गौतम उपसभामुखमा उठाउने चर्चा चलेको थियो । उपसभामुखका लागि शनिबार निर्वाचन हुदै छ ।