कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी छन् ।
उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी छन् ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद इन्दिरा रानामगरले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराइसकेकी छन् । उनको प्रस्तावकमा रास्वपाका सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन छन् ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे गर्ने गरी सङ्घीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया