गोकर्णदेखि पशुपति आर्यघाटसम्मको ढल व्यवस्थापन गर्न माग
काठमाडाैं । बाग्मती सफाइ महाअभियानले गोकर्ण ड्यामदेखि पशुपति आर्यघाटसम्मको ढल पूर्णरुपमा व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेको छ । बाग्मती सफाइ महाअभियानले ५०६औँ हप्ता पूरा गर्दा पनि मुहान क्षेत्रकै नदी सफाइ हुन नसकेपछि उक्त माग गरिएको हो ।
महाअभियानले पशुपति क्षेत्रसम्म नदीको दुवै किनारमा सफाइ छिटो गर्न पनि सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ । पशुपति क्षेत्रसम्म बाग्मती नदीमा सफा पानी बगाउने उद्देश्यले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति स्थापना भएको ३० वर्ष पूरा हुँदा पनि काम सम्पन्न हुनसकेको छैन ।
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती समितिको कार्यालयअघिबाट गौरीघाटसम्म पनि सफाइ गर्नुपर्नेमा जोड दिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
गुह्येश्वरीदेखि गौरीघाटसम्मको उत्तरी भागमा जोडिएको सडक कालोपत्रे, गोकर्णदेखि गुह्येश्वरीघाटसम्म भकारी निर्माण र गुह्येश्वरीबाट गौरीघाटसम्मको सडकमा बत्तीको व्यवस्था गर्न पनि महाअभियानले माग गरेको छ । महाअभियानले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बागती सफाइ महाअभियान चलाउँदै आएको छ ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया