पाकिस्तानमा एक सिलिण्डर ग्याँसको मूल्य नै १० हजार, रोटीका लागि मर्ने र मार्नेसम्मको लडाइँ

एजेन्सी । पाकिस्तान यत्तिबेला गहिरो आर्थिक संकट र मूल्यवृद्धिको बीचमा लडिरहेको छ । त्यहाँका मानिसहरूले दैनिक अत्यावश्यक वस्तुहरू उपयोग गर्नबाट वञ्चित हुनु परेको छ ।
पाकिस्तानले जुन हालत अहिले भोगिरहेको छ, यसलाई श्रीलंकासँग दाँज्दा कुनै फरक देखिँदैन । केही समयअघि श्रीलंकाले यस्तै आर्थिक संकटको चरम अवधि भोग्न बाध्य भएका थिए ।
अहिले पाकिस्तानमा एक सिलिण्डर (एलपिजी) ग्याँसको मूल्य नै १० हजार रूपैयाँ पुगेको छ भने पिठो र दुधको मूल्य केजीको १५० रूपैयाँसम्म पुगेको अवस्था छ । यी समस्याहरूबाट गुज्रिरहेको पाकिस्तानले सोमबारबाट अर्को समस्याको सामना गर्न बाध्य भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका खबरअनुसार सोमबारबाट पाकिस्तानले विद्युतीय संकट झेल्नुपरेको छ । यसले त्यहाँ झन् समस्या बढाएको छ । एक दुइ स्थानमा मात्रै नभएर त्यहाँ देशका ३० सहरमा विद्युत् अवरूद्ध भएको छ ।
रोटीको लागि संघर्ष
पाकिस्तानको संकट छिट्टै सुधार हुने अवस्थामा छैन, अवस्था सुध्रिदैँ जानुको साटोमा झन् बढ्दै गएको देखिन्छ । त्यहाँ उच्च मूल्यवृद्धिले जनताले रोटी खानसमेत नपाउने स्थिति सिर्जना भएको छ । अर्बपति नेता, खेलाडी र कलाकार भएको यो देशको अर्थतन्त्र आजकाल सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ ।
मूल्यवृद्धिको सामना गरिररहेका त्यहाँका जनताको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । देशको ढुकुटी खाली हुँदै गइरहेको छ र पाकिस्तान उठ्नै नसक्ने गरी ऋणको बोझले दबिसकेको छ । श्रीलंकामा जस्तो अवस्था थियो, त्यस्तै अवस्था अहिले पाकिस्तानले सामना गरिरहेको छ ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति निकै कम भएको छ । जसले गर्दा पाकिस्तानले अत्यावश्यक वस्तुको आयात समेत गर्न समस्या भएको छ । पाकिस्तानमा दैनिक उपभोग्य वस्तुसँगै पिठो, ग्यास, पेट्रोलदेखि औषधिसम्मको संकट गहिरिएको छ । यसैबीच, देशको अर्थतन्त्रले सामना गरिरहेको ठूलो संकटमा विद्युत संकट थपिएका छन् ।
सरकारको उपाय अपर्याप्त
मुलुकमा बढ्दो आर्थिक संकटका बीच ऊर्जा संकटले स्थिति झन् नाजुक बनाइसकेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले पनि विभिन्न सावधानी अपनाएको थियो । यसअन्तर्गत सहरका बजारहरू बेलुका ८:३० बजेसम्म, सपिङ मल र विवाह गृह राति १० बजेसम्म बन्द गर्ने घोषणा सरकाले गरिएको थियो । यति मात्र होइन, विद्युत् बचत गर्ने उपायअन्तर्गत सबै सरकारी निकायको महत्वपूर्ण बैठक दिउँसो नै गर्न निर्देशन दिइएको छ । यसअघिको प्रतिवेदनअनुसार पाकिस्तानमा मागको तुलनामा करिब ७ हजार मेगावाट विद्युत आपूर्ति कम छ । यही अभावलाई मध्यनजर गर्दै सरकारले २०२३ असारसम्म विद्युतीय पंखा र बल्बको उत्पादन बन्द गरेको छ ।
यी उपायहरूले ऊर्जा आयातमा लगभग २७३ मिलियन डलर वा ६२ अर्ब पाकिस्तानी रुपैयाँ बचत गर्ने पाकिस्तानी सरकारले विश्वास लिएको छ ।
पाकिस्तानम बिजुलीद पनि महंगो भएको छ । पाकिस्तानी अखबार ‘द डन’ को रिपोर्ट अनुसार पाकिस्तानको राष्ट्रिय विद्युत शक्ति नियामक प्राधिकरणले कराँची सहरमा बिजुलीको दर ३.३० रूपैयाँ ले बढाएको छ। त्यसैगरी विभिन्न उपभोक्ता वर्गका लागि प्रतियुनिट १ रुपैयाँ ४९ पैसाबाट ४ रुपैयाँ ४६ रुपैयाँसम्म विद्युत् दर बढाइएको छ । नयाँ दर लागू भएपछि उपभोक्ताले प्रतियुनिट ४३ रुपैयाँका दरले बिजुली पाउँदै आएका छन् ।
रोटीको लागि मर्ने र मार्नेसम्मको लडाइँ
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति हाल सन् २०१४ को स्तरमा पुगेको छ । केही सञ्चारमाध्यमका अनुसार पाकिस्तानसँग तीन हप्ताको विदेशी मुद्रा सञ्चिति मात्र बाँकी छ । जहाँ मुद्रास्फीति दर (पाकिस्तान मुद्रास्फीति) २५ प्रतिशतसम्म पुगेको छ ।
यसैबीच गहुँको संकटले मुलुकमा पिठोको अनिकाल ल्याएको छ । विगतमा गहुँको अभाव भएको भन्दै एउटा रिपोर्ट सार्वजनिक भएको थियो । पाकिस्तानमा अहिले सञ्चालित ४० पिठो मिलबाट २१ हजार बोरा पिठो आपूर्ति भइरहेको छ ।
पीठोको मूल्य (पाकिस्तान फ्लोअर प्राइस) प्रतिकिलो १५० रुपैयाँभन्दा बढि पुगेपछि मानिसहरु रोटीका लागि तर्सिएका छन् । आजकल रोटीको लागि लडाइँका तस्विर र भिडियो सामाजिक सञ्जालमा देखिन्छन् । यसले देशको दयनीय अवस्थाको स्पष्ट चित्र प्रस्तुत गरिरहेका छन् ।
ऋणमा डुबेका बालबालिका
मुद्रास्फीति र विदेशी मुद्रा सञ्चितिको कमीका कारण पाकिस्तानको अर्थतन्त्र दिवालियापनको छेउमा पुगेको छ । पहिले नै ऋणमा डुबेको देशको सरकारले अब अन्य देश र अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट मद्दत खोजिरहेको छ । तर पाकिस्तानलाई ऋण दिन कोही देश तयार देखिँदैन ।
ताजा अपडेट
-
सुनको मूल्य तोलामा एक हजारले बढ्यो, प्रतिताेला कति पुग्याे ?
-
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
-
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
प्रतिक्रिया