आत्मदाह गर्ने प्रेमप्रसादलाई बचाउन नसकेकोमा गृहमन्त्रीले मागे माफी
काठमाडाैं । मंगलबार नयाँ वानेश्वरस्थति संसद् भवन अगाडि आफूले आफैँलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाइ बचाउन नसकेकोमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माफी मागेका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत राजनीतिक दल र नेताको रुपमा आचार्यप्रति आशा जगाउन नसकेकोमा माफी मागेका हुन् ।
गृहमन्त्री लामिछानेले लेखेको स्टाटस यस्तो छ :
‘एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’
प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भइसकेको छ । आचार्यलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो ।
३७ वर्षीय आचार्य इलामको सूर्योदय नगरपालिकाका स्थायी बासिन्दा थिए । मंगलबार उनले लामो स्ट्याटस लेख्दै संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आगोले उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया