शरीरमा आइरनको कमी भएको कसरी थाहा पाउने ?

एजेन्सी । तपाई प्रायः थकित र सास फेर्न गाह्रो भएको महसुस गर्नु हुन्छ वा तपाइँको छाला सुख्खा भएको लाग्छ यदि त्यसो हो भने, तपाइँको रगतमा आइरनको कमी हुन सक्छ, आइरनको कमी विश्वकै सबैभन्दा सामान्य पोषण समस्याहरू मध्ये एक हो।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिस एनिमियाबाट पीडित छन् । यो एक अवस्था हो जसमा शरीरको रातो रक्त कोशिकाहरूमा खनिजहरूको कमी हुन्छ जसको कारण कोशिकाहरूमा अक्सिजन कम मात्रामा पुग्छ।
एनिमिया किन हुन्छ ?
कुनै पनि व्यक्तिमा एनिमिया हुनुका धेरै कारण हुन सक्छन्। तर यसको मुख्य कारण खानामा आइरनको कमी हो । आइरन शरीरमा आफै उत्पादन हुन सक्दैन् । त्यसैले यसको पूर्तिका लागि आइरनयुक्त खानेकुरा अपरिहार्य छ । आइरनको कमी हुन नदिन माछा मासु, अण्डा हरियो सागसब्जी, दाल, गेडागुडीको सेवन गर्नुपर्छ । हरियाे सब्जीमा बन्दा आइरनको राम्रो स्रोत हो ।
तर हामी सबै जना यसलाई पकाएर खाने गछौं । पकाउँदा यसमा हुने आइरनको मात्र कम हुने हुन्छ । किनभने यसमा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ । भिटामिन सी पानी उमालेपछि जान्छ। त्यसैले यदि तपाईलाई पूर्ण पोषण चाहिन्छ भने, यसलाई काचै खाने गर्नुपर्छ । आइरन र भिटामिन सीले भरिएका अन्य तरकारीहरू पनि काचै वा बफाएर खाँदा राम्रो मानिन्छ । तर शरीरमा अत्यधिक आइरनले पनि कलेजाेमा असर गर्न सक्छ ।
एनिमियाका लक्षण
१) अत्यधिक थकान र ऊर्जाको कमी
२) सास फेर्न गाह्रो हुनु
३) मुटुको धडकन बढ्नु वा छाला पहेँलो हुनु
४) टाउको दुख्नु तथा चक्कर लाग्नु
५) अत्यधिक कपाल झर्नु
६) मुखमा घाउ आउँनु
प्रतिक्रिया