बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
बारा । बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन् ।
आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय-समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए ।
यस वर्ष आलु उत्पादनमा शुन्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । कृषकले विभिन्न जातका आलु सात हजार चार सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ दशमलव २५ मेट्रिक टनको दरले रु दुई अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए ।
कलैया बजारमा अहिले आलु प्रतिकिलो रु २० देखि रु २५ मा बिक्री वितरण भइरहेको छ । गत वर्ष कृषकले विभिन्न जातका आलु सात हजार चार सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले रु दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु उत्पादन गरेका थिए । एक लाख १८ हजार सात सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया