अत्यधिक मासुको सेवनले के हुन्छ ?
एजेन्सी । मासुमा प्रोटिन, क्याल्सियम, आइरन र जिंक जस्ता धेरै पोषक तत्व पाइन्छ। उच्च प्रोटिनको कारण, मानिसहरू प्रायः मासु अत्यधिक सेवन गर्छन्, तर यसको अत्याधिक उपभोग गर्नाले हड्डीमा हानी पनि गर्न सक्छ ।
मासुमा प्रोटिन अन्य खानेकुरा भन्दा धरै हुनुे हुन्छ भन्ने मान्यताले हामी मासु खान नै बढी केन्द्रित हुन्छौं । तर यसको अत्यधिक सेवनले फाइदा मात्र नगरि बेफाइदा पनि गर्ने गर्दछ । प्रोटिनको लागि मासुमा मात्र भर पर्नु हुँदैन । योसँगै दुग्ध पदार्थ, माछा, र हरियो तरकारी पनि खानामा सेवन गर्नुपर्छ ।
विशेष गरी रातो मासुको सेवनले रगतमा एसिडिफिकेसन बनाउँछ र हड्डीलाई कमजोर बनाउँछ। अध्ययनले पनि एनिमल प्रोटिनले हड्डीलाई कमजोर बनाउँने देखाएको छ । धेरै अनुसन्धानका अनुसार धेरै मासु खाने मानिसहरूलाई ओस्टियोपोरोसिस र फ्र्याक्चर हुने सम्भावना बढी हुने देखाएको छ । प्रोटिन हड्डी स्वास्थ्यका लागि अत्यावश्यक हुन्छ ।
तर यसको मात्रालाई ध्यान नदिदा भने यसले शरीरमा नकारात्मक असर पनि पार्न सक्छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनले उचित मात्रामा क्याल्सियम को सेवन गर्दा प्रोटिनले पनि हड्डी स्वास्थ्य राख्छ भनेर सुझाव दिएको छ । त्यस्तै अन्य अध्ययनले पत्ता लगाएको छ कि हरियो तरकारीजन्य आधारित खानेकुराको वृद्धि र जनावरमा आधारित खानाको खपतको कमीले हृदय रोग, मधुमेहको र क्यान्सको जोखिम कम गर्न सक्छ ।
हरियो सागसब्जीको कमीले पनि क्याल्सियम र भिटामिन डी कम गर्छ । जुन हड्डी स्वास्थ्यको लागि महत्वपूर्ण मानिन्छ । हरियो तरकारी र मासुमा हने एमिनो एसिडको संरचना फरक फरक हुन्छ । त्यसैले एकलेले अर्कोको कमी पुरा गर्न सक्दैन् । यसमा यी दुवै खाँदा सन्तुलन हुन जरुरी छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया