चेक बाउन्सका उजुरी बढे
चितवन । चितवनमा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् ।
यस्तै परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उनले बताए । उनले भने, ‘चेक बाउन्सका दैनिक तीन हाराहारी उजुरी पर्ने गरेका छन् ।’ उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेको उनले बताए ।
चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए । बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको पण्डितले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया