कृष्णहरी बास्कोटा भन्छन् – आयोगले नगरे, म आफैं सरकार विरुद्ध मुद्धा हाल्छु
काठमाडौं । भ्रष्टाचार, अनियमितता र कुशासनलाई बल पुग्ने गरी ८७ वटा शीर्षकका सूचना गोप्य राख्ने मुख्य सचिव शंकरदास बैरागी नेतृत्वको निर्णयमा पश्न उठेको छ ।
मुख्य सचिव बैरागीको अध्यक्षतामा सबै मन्त्रालयका सचिव सदस्य रहेको सूचनाको हक बर्गीकरण समितिको निर्णयले सार्वजनिक प्रशासकहरूको सुशासनप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ ।
सूचनाको हकका अभियन्ता तथा राष्ट्रिय सुचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले सरकारको निर्णय प्रतिगामी भएको प्रतिक्रिया दिए । उनले यसबारे राष्ट्रिय सुचना आयोग तत्काल सक्रिय भएर सुचनाको हक कुण्ठीत गर्ने निर्णय खारेज गराउनु पर्ने बताए । नेपालवाचसँग कुरा गर्दै उनले भने, यदि आयोग सक्रिय हुँदैन, सरकारले निर्णय सच्याउँदैन भने म आफैँ सरकार विरुद्ध मुद्धा लिएर सर्वोच्च जान्छु ।’
उनले संविधानको धारा २७ को व्यवस्था र सुचनाको हक सम्वन्धि ऐन २०६४ को भावना र मर्म विपरित निर्णय गर्ने अधिकार एउटा कर्मचारीलाई नभएको भन्दै आवश्यक परे मुद्धा दायर गर्ने बताएका हुन् ।
मुख्य सचिव अध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सदस्य रहेको सुचनाको वर्गीकरण सम्वन्धी समितिले महत्वपूर्ण सुचनाहरु गोप्य रहने निर्णय गरेको छ । समितिले सार्वजनिक पदाधिकारीको सम्पत्ति विवरण, कर छली, अनियमितता, राजस्व चुहावट लगायतका अनियमितताका सुचनाहरु गोप्य राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णय सार्वजनिक हुने वित्तिकै त्यसको चौतर्फी आलोचना सुरु भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया