मधुमेहका बिरामीले काँचो मेवा खानु हुन्छ ?

काठमाडौ । पाकेको मेवा एक मात्र यस्तो फल हो । जसमा लगभग सबै भिटामिन पाइन्छ । पाकेको मेवा जति स्वास्थ्यको लागि फाइदाजनक छ त्यति नै काँचो मेवा पनि फाइदाजनक छ । काँचो मेवाको स्वाद पाकेको मेवाको भन्दा धेरै कम हुन्छ । तर यसको फाइदा स्वास्थ्यका लागि भने भरपुर छ ।
काँचो मेवा मधुमेह रोगीहरूको लागि आलुको विकल्प हो । काँचो मेवामा भिटामिन–बी, भिटामिन–सी, पोटासियम, फाइबर, फोलेट, आइरन र म्याग्नेसियमका अलावा फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । काँचो मेवा मधुमेह रोगीको लागि वरदान मानिन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
मेवामा पाइने पपाइनले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसले ग्यास र कब्जियतकाे समस्याबाट छुटकारा दिन्छ । यसका साथै, काँचो मेवाले पेटको पीएच लेभललाई पनि कायम राख्छ। मेवामा पाइने ‘पपेन’ इन्जिनले छालालाई स्वस्थ राख्छ । यसले छालालाई सुन्दर र चम्किलो बनाइ अनुहारको चाउरीपना र दागहरूसमेत कम गर्छ।
जसले छाला राम्रो देखाउँछ । काँचो मेवामा पाइने विभिन्न भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । महिनावारीको समय पेट दुख्ने धेरैको समस्या छ । यसको सेवनले त्यो समस्याबाट आराम दिनुका साथै उर्जाशिल बनाउँछ । यसले स्तनपान गराउने आमाहरूलाई अझ बढि लाभ दिन्छ ।
स्तनपानको समय दुध कम आएको छ भने पनि यसले बच्चाका लागि दुध भरपुरमात्रामा बढाउँछ। गर्भावस्थामा समयममा भने मेवा हानिकारक हुन्छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया