NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी छिन् ।

शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । ‘अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिन, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु,’ उनले भनिन् ।

चौमासिकरुपमा पाउँदै आएको भत्ता यसपाली भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र ४ का नागरिक पनि खुसी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राही गाउँघै भत्ता दिइएको हो । बैंक पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए । ‘बैंकमा आउन नसक्ने अपाङ्गता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष