NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडाैं । एक किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।

आरोपी लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालत, पाटनले २० लाख धरौटीमा ससर्त रिहा गर्न आदेश दिएपछि उनी २९ पुसमा थुनामुक्त भएका थिए।

लामिछानेविरुद्ध एक किशोरीमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष