टिकटक स्टार ‘मिस पबी’ मेरी बास्सैमा देखिँदै
काठमाडौं । पछिल्लो समय बच्चादेखि वृद्दावृद्दासम्मले रूचाएको एप्स हो टिकटक । टिकटकबाट कोही न कोही व्यक्ति भाइरल (चर्चित) भइरहेका हुन्छन् ।
यस्तै पछिल्लो समय टिकटकबाटै भाइरल भएकी एक सुन्दरी हुन् मिस पबी । टिकटकमा ‘मिस पबी’ नामले चर्चित पवित्रा शाखी अहिले टिकटकबाट चर्चित हुँदै म्युजिक भिडियोमा व्यस्त देखिन थालेकी छिन् । साथै विभिन्न विज्ञापनमा पनि देखिन थालेकी छिन् ।
डडे’ल्धुराको अमरगढी नगरपालिका ८ लटौलीकी मिस पबी डडेल्धुरी भाषामा बोलेका भिडियोले भाइरल भएकी हुन् । अहिले म्युजिक भिडियोका साथसाथै विज्ञापन, विभिन्न टेलिसिरियलमा समेत उनलाई अफर आउन थालेको छ ।
यस्तैमा अब उनी नेपालको चर्चित टेलिसिरियल ‘मेरी बास्सै’मा देखिने भएकी छिन् । त्यसका लागि उनले दुइटा एपिसोड सकाइसकेकी छिन् । मेरी बास्सैमा निरन्तर र नदेखिने भन्ने कुरामा भने उनले आफूमा निर्भर हुने बताइन् । म्युजिक भिडियो र अन्य सिरिजमा पनि समय दिनुपर्ने भएकाले त्यसमा समय दिन सकेको खण्डमा मात्रै सिरियलमा नियमिता हुने नभए नहुने उनले जनाइन् ।
ताजा अपडेट
-
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ
-
दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
-
कांग्रेस महाधिवेशन: बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणता थाल्ने तयारी
-
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
-
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर


प्रतिक्रिया