NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २० गते

ट्रमाका पूर्वनिर्देशकविरुद्ध दुई वर्षपछि फेरि उजुरी

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेलविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।

पूर्वनिर्देशक डा.पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसँग मिलेर सेवा अवधि नपुगी नै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहदाँ कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको त्यस्तै, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै २०७७ फागुन २ मा प्रधानमन्त्री कार्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी परेको थियो ।

सो उजुरीपछि २०७७ फागुन १३ मा स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति पनि गठन गरेको थियो । समितिले उल्लेखित विषयहरूमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानविन हुनुपर्ने राय दिएको थियो र उक्त पत्र अख्तियारमा समेत पठाएको थियो ।

तर हालसम्म उनीविरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रसेवक कर्मचारीहरुले यहि पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति सुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि निवेदन पेश गरेका छन् ।

तत्कालिन निर्देशक डा.सन्तोष पौडेलले अर्थोपेडिक सर्जरी इन्टुमेन्ट एरिना इन्टरनेशनललाई , स्पाइन सर्जरी इस्टुमेन्ट, एरिना इन्टरनेशनल, हेड एण्ड माइक्रोसर्जरी इस्टुमेन्ट , बायोमेड इन्टरनेशनलाई एनेस्थेसिया मेसिन, म्याक्सिम इन को अपरेसन, सिआर्म मेसिन म्याक्स मेडिटेक सिस्टमलाई , हाई एण्ड अप्रेटिङ्ग माइक्रोस्कोप इष्ट वेस्ट कन्सर्नलाई,डक्सा मेसिन सन्जिवनी इन्टरपाइजेजलाई, ओटी लाइट म्याक्सिम इन कोअपरेशनलाई, पोर्टवल मिडियो एक्सरे म्याक्स मेडिटेकलाई २०७७ मंसिर १३ मा सम्झौता गरी खरिद गरेका थिए ।

सो सामान खरिद गर्दा आवश्यकता पहिचान, स्पेसिफिकेसन , अनुमानित लागत, टेण्डर स्वीकृत, बोलपत्र मुल्याङ्गन, समिति गठन गर्दा सबैमा आफू निटक संयोजक र सदस्य राखि नियम विपरीत टेण्डर स्वीकृत गरी करोडौ अनियमितता गरेका थिए । २०७७ जेठ २८ गते प्रकाशित क वर्गको एम्बुलेन्स खरिदमा समेत पूर्व निर्देशक पौडेलले क वर्गको एम्बुलेन्स खरिद नगरी ठूलो अनियमितता गरेका थिए ।

फोटोन टर्नल्याण्ड एम्बुलेन्स, इन्जिन नम्बर ७६०३०४०७ र च्यासिस नम्बर एल भि ए भि टु के वि वि ४ एल सि ०६०५१४ नम्बरको उल्लेखित एम्बुलेन्स मेउ भिर्दि कमरसियल भेहकल प्रालिलाई ८९ लाख ९५ हजारमा खरिद गरी आयात गरेका थिए ।

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ विपरीत स्पेसिफिकेसन नमिलिकन खरिद गरिएको थियो । त्यस्तै ०७७ साउन ३ मा ट्रमा सेन्टरको क्यान्टिन कफिसप भन्दै सूचना प्रकाशित गरेको तर सम्झौता गर्दा सुनिल क्यान्टिन तथा कपडा खुद्रा पसल थापाथली काठमाडौलाई पुरै क्यान्टिन सञ्चालन गर्ने गरी सम्झौता गरी अनियमितता गरेको पाइएको छ ।