मुद्दा किनारा नलाग्दासम्म रास्वपाले धर्यता राख्नुपर्छ : माओवादी केन्द्र
काठमाडौं । माओवादी केन्द्रले मुद्दा किनारा नलाग्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएको छ ।
स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले भने– ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’
यसैगरी रविलाई गृह दिन एमाले अध्यक्ष केपी ओलीले दिएको दबाबको सम्बन्धमा सोधिएको प्रश्नमा महराले ओलीको व्यक्तिगत विचार भएको बताए ।
‘यो उहाँको व्यक्तिगत विचार हो । यसले गठबन्धनमा केही असर गर्दैन ,’ उनले भने । गृहबारे निर्णय लिन रास्वपाले पनि केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
नागरिकता विवादमा सर्वोच्च आदालतले रविको सांसद र उपप्रधान तथा गृहमन्त्री पदबाट मुक्त गरेपछि फेरी उनलाई मन्त्रालय दिने/नदिनेबारे सत्ता साझेदार माओवादी केन्द्र र रास्वपाबारे विवाद उत्पन्न भएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया