NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सिद्धार्थ र कियाराको विवाहमा सुरक्षाको जिम्मा शाहरूखको बडिगार्डलाई

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा अड्वानी यही फेब्रुअरी ६ मा विवाह गर्दै छन् ।

भारतको जेसलमेरस्थित सूर्यगढ प्यालेसमा हुने उनीहरूको विवाहको समारोहको सुरक्षाको जिम्मा शाहरूख खानका पूर्व अंगरक्षकले पाएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू द्वयले विवाह गर्न लागेका हुन् ।

विवाहपछि मुम्बईमा दुवैको भव्य विवाह समारोह हुने छ । सिद्धार्थ र कियाराले २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेका थिए ।