स्वास्थ्यका लागि कुन खुर्सानी उपयाेगी ?

एजेन्सी । हरियो खुर्सानीमा भिटामिन ए, बी६, सी, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइड्रेट, बिटा क्यारोटिन र क्रिप्टोक्सान्थिन जस्ता तत्व पाइन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
हरियो खुर्सानीमा भिटामिन ए पाइन्छ जसले तौल घटाउँन मद्त गर्छ । यसले आँखाको ज्योति पनि बढ्छ । हरियो खुर्सानी खाँदा मस्तिष्कमा एन्डोर्फिन हर्मोनको स्तर बढ्छ । खुर्सानीमा पाइने एन्टिअक्सिडेन्टले शरीरको गहिरो सफाई गर्छ । फ्री रेडिकलबाट जोगाउँछ। हरियो खुर्सानीमा डाइटरी फाइबर पाइन्छ, यसले खाना चाँडो पचाउन मद्दत गर्छ।
तर यसकाे फाइदा हुँदा हुँदै पनि केही बेफाइदा पनि छन् । बिहान बेलुका हरियो खुर्सानी खाँदा पेटमा एसिडिटी बढ्छ, जसका कारण पेटसँग सम्बन्धित धेरै रोग लाग्न सक्छन् । फाइबरको मात्रा धेरै हुने भएकाले यसले पखाला पनि लाग्न सक्छ । राताे खुर्सानीमा मोटोपन विरोधी गुण र क्याप्साइसिन नामक एल्कालोइड हुन्छ। यसलाई खानामा समावेश गर्नाले शरीरको मेटाबोलिजम बढ्छ । जसले ताैल घटाउन मद्त मिल्छ । रातो खुर्सानीमा एन्टिहाइपरटेन्सिभ तत्व पाइन्छ, यसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
तर यसकाे पनि उचित मात्रमा मात्र सेवन गर्नु पर्छ । धेरै रातो खुर्सानी खाँदा पेटमा जलन बढ्छ र पेट खराब हुन सक्छ। यसले छालामा एक्जिमा अर्थात छालामा हुने समस्यासमेत निम्याउँन सक्छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया